Featured Post

Man Chune Line haru | Nepali Quotes | Shayari | Nepali Kalam

 https://youtu.be/HmKmUDVwbw8 Man Chune Line haru | Nepali Quotes | Shayari | Nepali Kalam      नमस्कार सम्पूर्ण दर्शक महानुभाब मा यहाहरुलाई...

Featured Posts

Random Posts

Search This Blog

Popular Posts

Tuesday, August 10, 2021

मन छुने लाईनहरु - Bishnu Bhattarai by Nepali kalam

No comments :




 १. जुन कुरा जिन्दगीले सिकायो त्यो कुरा कुनै किताबमा थिएन जुन कुरा किताबमा थियो त्यो कुरा जिन्दगीमा कहिल्यै भेटिएन । 

२. म त अर्कैले छोडेको मान्छे, उ सङ्गको सम्बन्ध तोडेको मान्छे ,हिम्मत छ र स्वीकार गर्ने डिभोर्स भएको केटि भन्लान नरोएको पल छैन जिउदै म त मरेको मान्छे । 

३. तिमिले कल नगर्दा रोइन म ,तिमिले म्यासेन नगर्दा रोइन म , तिमिले बेवास्ता गर्दा रोइन म तर आँसु तेतिबेला आयो जुन गोरेटोमा मलाई  कुरेर बस्थ्यौ जेति गोरेटोमा अर्कैलाई अङ्गालेको देखे । 

४.

 आखाबाट बग्न नपाएको आँसु,

 मुखले खोल्न नपाएको पीडा , 

मनले भुलाउन नसकेको मान्छे र 

बेला बेलामा झस्काईरहने यादहरु

 निकै दर्दनाक हुदोरहेछ । 

५. तेहि मान्छे प्यारो लाग्दोरहेछ 

जसलाई धेरै शङ्का गरिन्छ । 

धेरै झगडा गरिन्छ ।

 एकदुई दिन बोलचाल नै बन्द हुन्छ ।

 अनि ओइ किन नबोलेको हो रिसाएको हो र भनिन्छ । 

माया यस्तै हुदो रहेछ । 

६. थाहा छैन गन्तव्य कता छ तर म तेतै हिडिरहेको छु जता जता बाध्यताले डोर्याईरहेको छ । 

७. उनले सोधिन " तिमी मलाई अझै पनि माया गर्छौ ?" मैले मुसुक्क मुस्कुराउदै भने " माया त थाहा भएन तर साथिहरुले अझै पनि मलाई तिम्रै कसम खुवाउछन । " 

८. जिन्दगी पनि झरनाको पानी जस्तै भयो । बाहिरबाट हेर्दा सबैलाई आहा छ तर ढुङ्गामा ठोक्किएको पीडा आफैलाई मात्र थाहा छ । 

९. रित्तो भाडा बोकेर हिड्यो भन्दैमा माग्नै हिडेको नसम्झनु । सबै कुरा दिएर फर्किएको पनि हुन सक्छ । 

१०. जिन्दगीमा चोटैचोट र पिडैपिडाको भारी बोकेर हिडेको यात्री हु म । तिमी मलाई जिन्दगीको अर्थ सिकाएर लज्जित नबनाउ । 

११. दुख पर्दा दुख बिसाउन पो साथ खोजेको । जिन्दगी बिसाउन त आर्यघाट छदै छ नि । ह

१२. बिर्सियौ भन्ने कहिल्यै नसोच्नु । तिमिले पराई झै गरेको व्यवहार सहन नसकेर मौन मात्र बसेको हु । 

१३. यो संसार जतिसुकै रमाइलो किन नहोस । यदि तिमी बोल्न छोडिदियौ भने पुरै जिन्दगी सुनसान लाग्नेछ । 

१४. हरेक सम्बन्ध जिवनभर कै हुन्छ भन्ने छैन । कोहि मान्छे यस्तो सम्बन्ध गासेर जादोरैछन जो सङ्ग को छोटो समयमा पनि जीवन भर मीठो यादको आभास दिलाउदो रहेछ । 

१५. जब सानो थिए तब हरेक कुरा बिर्सन्थे अनि दुनिया भन्ने गर्थे याद राख्न सिक । अहिले ठूलो भए हरेक कुरा याद हुन्छ अनि त्यही दुनियाँ भन्ने गर्छ भुल्न सिक । 

१६. अक्सर स्वार्थको लागि प्रेम गर्नेहरु नै धेरै मीठो बोलेर छिटो साथ छोडिदिन्छन यहाँ । 

१७. जुन सम्बन्धमा आफ्नो महत्त्व कमि हुँदै गएको आभास हुन्छ तेस्तो सम्बन्धबाट मुस्कुराउदै टाढिएकै बेस हुन्छ ।

No comments :

Post a Comment