Tuesday, August 10, 2021
मनछुने लाईनहरु - Shamjhana Rimal, by Nepali Kalam
१. तिमी नै हौ जो पहिला टाढा हुदा नजिक हुने बहाना खोज्थ्यौ । अनि अहिले पनि तिमी नै हौ जो नजिक हुदा टाढा हुने बहाना खोज्छौ ।
२.मन त रुन्छ नि म तिम्रो भएर पनि तिम्रो हुन नपाउदा ।
३. भविष्य नभएको सम्बन्ध भन्दा सम्बन्ध नभएको वर्तमान नै ठिक छ ।
४. कति भाग्यमानी होला त्यो मान्छे, जसले तिमिलाई नमागे पनि पाउनेछ अनि एउटा म छु दिन रात रुदा पनि तिमिलाई पाउन सकिन ।
५. सपना मात्र हो जहाँ मैले तिमिलाई आफ्नो भन्न सक्छु । विपनामा त त्यो अधिकार तिमिले अरु कसैलाई दिईसक्यौ ।
६. कुरा भाग्यमा आएर अड्किएर मात्र हो नत्र कुनै कुरा छोडेको ठिएन तिमिलाई पाउनको लागि ।
७. आफू अरु कसैलाई खुसी बनाउनको लागि धेरै त्याग गर्नुपर्ने रहेछ । मान्छेहरु भन्छन मलाई उसलाई बिर्सिदेउ । तर उनीहरुलाई के थाहा बिर्सिन पनि त्याग गर्नुपर्छ भनेर ।
८. म तिमिबाट टाढा हुन खोजेको होइन तर तिम्रो वरिपरि मान्छेहरु थपिदै गए अनि तेहि भिडमा म हराउदै गए ।
९.
१०. जिन्दगीमा तिम्रो हुने रहर थियो । अरुले साथ दिउन नदिउन तर तिमिले चाहिँ दिन्छौ भन्ने एउटा चाहना थियो । आज हेर न तिमिलाई गुमाउने डर पनि सबै सक्किसक्यो । मलाइ के थाहा तिमिलाई त म बाट टाढा जानू रहेछ । अनि मेरा गल्तिहरु सबै तिम्रो बहाना रहेछ ।
११.तिमिसङ्ग खुसी हुने सपना थियो तर आज हेर न तिमी अरु सङ्ग खुसी हुदा पनि आफ्नो सपनालाई मारेर बाध्यतामा मुस्कुराईरहेछु ।
१२. म पनि प्यारो थिए कुनैबेला उसको नजरमा तर भनिन्छ नि नजर परिवर्तन हुन समय लाग्दैन भनेर ।
१३. एक्लो छु त्यो त थाहा थियो तर यति धेरै एक्लो छु भनेर कहिले थाहा थिएन ।
१४. कसैलाई त नराम्रो छस त खराब छस भनेर कहिल्यै नभन्नुस समय र परिस्थिति यस्तो चिज हो आज तपाईं राम्रो हुनुहुन्छ भोलि तपाईं सबैको अगाडि नराम्रो बन्न सक्नुहुन्छ ।
१५. यदि छुट्टिएर खुसी हुने भए नि झरेका पातहरु कहिल्यै ओइलाउदैन थे होलान ।
१६. तिमिलाई त सम्झिन पनि कारण चाहिने रहेछ अनि म भने चै मलाई बाडुल्की लाग्दा पनि तिमिलाई सम्झिन्छु ।
१७. मायाको संसारमा हराउने म , तिमिले मलाई पिडाको संसारमा हराईदियौ । सानो सानो कुराले खुशी हुने म आज तिमिले मलाई सानो सानो कुरामा दुखी हुन सिकायौ ।
१८.कसैले सोध्दैथियो "के तिमिहरु बिच माया सक्किएकै हो त ?" मैले मुस्कुराउदै जवाफ दिए "सम्बन्ध सकिएको हो माया होइन ।"
No comments :
Post a Comment