Featured Post

Man Chune Line haru | Nepali Quotes | Shayari | Nepali Kalam

 https://youtu.be/HmKmUDVwbw8 Man Chune Line haru | Nepali Quotes | Shayari | Nepali Kalam      नमस्कार सम्पूर्ण दर्शक महानुभाब मा यहाहरुलाई...

Featured Posts

Random Posts

Search This Blog

Popular Posts

Wednesday, August 11, 2021

मन छुने लाईनहरु - Anju Neupane by Nepali Kalam

No comments :


 ४. केही सम्बन्धहरु पसलमा बेच्ने सामान जस्तै भएका छ । सामान दाम मात्रको भने सम्बन्ध नाम मात्रको। 

५. जुन ब्यक्तिले तपाईलाई  दिनको लागि समय हुदैन नि उसलाई कहिले पनि डिस्टब नगर्नुस । किनकी उसको दुनियाँ अलग हुन्छ त्यो दुनियामा तपाईको आवश्यकता हुदैन । 

६. वास्तवमा भन्नुपर्दा यो जिन्दगीमा सबैले आफ्नोपन त देखाउछन नै । तर आफ्नो को हो भनेर समयले देखाउछ ।  

७. सराप्नेहरुलाई आशीर्वाद देउ दुर्ब्यहार गर्नेहरुको लागि प्रार्थना गर । 

८. कुनै कुनै सम्बन्धहरु भगवानले आफै बिगारिदिनुहुन्छ किनकी बाकी रहेका हाम्रो जिन्दगी नबिग्रीयोस भनेर । 

९. जसलाई सम्बन्ध निभाउनु छ उसले सयौ गल्तिहरु हुदा पनि सम्बन्ध निभाएर नै छोड्छ । जसलाई सम्बन्ध छोड्नु छ उसले एउटा गल्तिलाई ठूलो बनाएर सम्बन्ध छोड्ने गर्दछ । 

१०. सम्बन्धको अन्त्य तेतिबेला हुन्छ जतिबेला एउटाले हद भन्दा बढी माया गर्छ भने अर्कोले तेहि हदलाई बोझ ठान्न थाल्छ ।

११. चोखो मायाले शरिरलाई कपडाले छोप्न लगाउछ । अनि झुटो मायाले शरीरमा भएको कपडा निकाल्न लगाउछ । 

१२. जसले तपाईको वास्तविक जिन्दगीको पीडा महसुस गर्न सकेको छैन भने नि एकपटक सोच्नुस त तपाईले लेखेको sad Status ले के उसलाई फरक पर्न सक्छ त ?

१३. तपाईंले जसलाई माया गर्नुभएको छ उसले छोडेर जादा मन त दुख्छ नै तर एकपटक सोच्नुस त यदि उसले तपाईलाई माया गर्थ्यो भने के उसले तपाईलाई छोडेर जान्थ्यो त ?

१४. हाम्रो सम्बन्धमा एक अर्काको लागि हामिले  समय निकल्न सकेनौ भनेनी प्यारो मान्छे एकदिन तेहि समयले हामी बिचको सम्बन्ध लाई निकालिदिनेछ । 

१५. मनमा जति नै पीडा भएपनी दुनियाँको अगाडि कहिल्यै पीडा नसुनाउनुस वश मुस्कुराएर जिउनुस किनकी तपाईको पीडा सुन्दा रुने ब्यक्ति बाहिर गएर तपाईको पीडालाई मजाक बनाईदिन्छ । 


16. यदि तपाईलाई कसैले माया गर्छ र तपाईको अगाडि उ रुन्छ भने नि उ कमजोर भएर होइन । उसले तपाईलाई आफ्नो जिन्दगीमा धेरै महत्व दिएको हुन्छ । 

१७. तपाईले जत्ती नै राम्रो काम गर्नुहोस तपाईंलाई गलत सम्झिने ब्यक्तिले गलत नै सम्झिन्छ । त्यसैले तपाईले उनीहरुको अगाडि तपाईले सफाई दिई रहनु पर्दैन वश मौन रहनुहोस । 

१८. परिवारमा छोरी होस या बुहारी जो बिरामी हुदा सबैले उत्तिकै टेन्सन त लिन्छन नै । फरक यति मात्रै हो कि छोरी बिरामी हुदा उसलाई केही नहोस भनेर टेन्सन लिन्छ भने बुहारी बिरामी हुदा घरको काम कसले गर्छ भनेर टेन्सन लिन्छ । आखिर बुहारी पनि त कसैको छोरी होइन र ? 

१९. सङ्काले मन मात्र टुट्ने कहाँ गर्दछ र यहाँ बनेको मीठो सम्बन्ध पनि छुट्ने गर्दछ । 

२०.हरेक क्षण तिम्रो याद न आउने कहाँ हो र तिमिले देखाउन खोजेनौ मैले देखाएर तिमिलाई सताउन खोजिन । 

२२. यदि उ सङ्ग तपाईले जिन्दगीभरि सम्बन्ध चाहानुहुन्छ भने नि आफ्नो मनलाई घाट बनाउनुहोस । जहाँ उसका हरेक गल्तिहरुको अन्त्य गर्न सकियोस ।

Tuesday, August 10, 2021

मनछुने लाईनहरु - Shamjhana Rimal, by Nepali Kalam

No comments :

 


 

१. तिमी नै हौ जो पहिला टाढा हुदा नजिक हुने बहाना खोज्थ्यौ । अनि अहिले पनि तिमी नै हौ जो नजिक हुदा टाढा हुने बहाना खोज्छौ । 

२.मन त रुन्छ नि म तिम्रो भएर पनि तिम्रो हुन नपाउदा । 

३. भविष्य नभएको सम्बन्ध भन्दा सम्बन्ध नभएको वर्तमान नै ठिक छ । 

४. कति भाग्यमानी होला त्यो मान्छे, जसले तिमिलाई नमागे पनि पाउनेछ अनि एउटा म छु दिन रात रुदा पनि तिमिलाई पाउन सकिन । 

५. सपना मात्र हो जहाँ मैले तिमिलाई आफ्नो भन्न सक्छु । विपनामा त त्यो अधिकार तिमिले अरु कसैलाई दिईसक्यौ । 

६. कुरा भाग्यमा आएर अड्किएर मात्र हो नत्र कुनै कुरा छोडेको ठिएन तिमिलाई पाउनको लागि । 

७. आफू अरु कसैलाई खुसी बनाउनको लागि धेरै त्याग गर्नुपर्ने रहेछ । मान्छेहरु भन्छन मलाई उसलाई बिर्सिदेउ । तर उनीहरुलाई के थाहा बिर्सिन पनि त्याग गर्नुपर्छ भनेर । 

८. म तिमिबाट टाढा हुन खोजेको होइन तर तिम्रो वरिपरि मान्छेहरु थपिदै गए अनि तेहि भिडमा म हराउदै गए । 

९. 

१०. जिन्दगीमा तिम्रो हुने रहर थियो । अरुले साथ दिउन नदिउन तर तिमिले चाहिँ दिन्छौ भन्ने एउटा चाहना थियो । आज हेर न तिमिलाई गुमाउने डर पनि सबै सक्किसक्यो । मलाइ के थाहा तिमिलाई त म बाट टाढा जानू रहेछ । अनि मेरा गल्तिहरु सबै तिम्रो बहाना रहेछ । 

११.तिमिसङ्ग खुसी हुने सपना थियो तर आज हेर न तिमी अरु सङ्ग खुसी हुदा पनि आफ्नो सपनालाई मारेर बाध्यतामा मुस्कुराईरहेछु । 

१२. म पनि प्यारो थिए कुनैबेला उसको नजरमा तर भनिन्छ नि नजर परिवर्तन हुन समय लाग्दैन भनेर । 

१३. एक्लो छु त्यो त थाहा थियो तर यति धेरै एक्लो छु भनेर कहिले थाहा थिएन । 

१४. कसैलाई त नराम्रो छस त खराब छस भनेर कहिल्यै नभन्नुस समय र परिस्थिति यस्तो चिज हो आज तपाईं राम्रो हुनुहुन्छ भोलि तपाईं सबैको अगाडि नराम्रो बन्न सक्नुहुन्छ । 

१५. यदि छुट्टिएर खुसी हुने भए नि झरेका पातहरु कहिल्यै ओइलाउदैन थे होलान । 

१६. तिमिलाई त सम्झिन पनि कारण चाहिने रहेछ अनि म भने चै  मलाई बाडुल्की लाग्दा पनि तिमिलाई सम्झिन्छु । 

१७. मायाको संसारमा हराउने म , तिमिले मलाई पिडाको संसारमा हराईदियौ । सानो सानो कुराले खुशी हुने म आज तिमिले मलाई  सानो सानो कुरामा दुखी हुन सिकायौ । 

१८.कसैले सोध्दैथियो "के तिमिहरु बिच माया सक्किएकै हो त ?" मैले मुस्कुराउदै जवाफ दिए "सम्बन्ध सकिएको हो माया होइन ।"



मन छुने लाईनहरु - Bishnu Bhattarai by Nepali kalam

No comments :




 १. जुन कुरा जिन्दगीले सिकायो त्यो कुरा कुनै किताबमा थिएन जुन कुरा किताबमा थियो त्यो कुरा जिन्दगीमा कहिल्यै भेटिएन । 

२. म त अर्कैले छोडेको मान्छे, उ सङ्गको सम्बन्ध तोडेको मान्छे ,हिम्मत छ र स्वीकार गर्ने डिभोर्स भएको केटि भन्लान नरोएको पल छैन जिउदै म त मरेको मान्छे । 

३. तिमिले कल नगर्दा रोइन म ,तिमिले म्यासेन नगर्दा रोइन म , तिमिले बेवास्ता गर्दा रोइन म तर आँसु तेतिबेला आयो जुन गोरेटोमा मलाई  कुरेर बस्थ्यौ जेति गोरेटोमा अर्कैलाई अङ्गालेको देखे । 

४.

 आखाबाट बग्न नपाएको आँसु,

 मुखले खोल्न नपाएको पीडा , 

मनले भुलाउन नसकेको मान्छे र 

बेला बेलामा झस्काईरहने यादहरु

 निकै दर्दनाक हुदोरहेछ । 

५. तेहि मान्छे प्यारो लाग्दोरहेछ 

जसलाई धेरै शङ्का गरिन्छ । 

धेरै झगडा गरिन्छ ।

 एकदुई दिन बोलचाल नै बन्द हुन्छ ।

 अनि ओइ किन नबोलेको हो रिसाएको हो र भनिन्छ । 

माया यस्तै हुदो रहेछ । 

६. थाहा छैन गन्तव्य कता छ तर म तेतै हिडिरहेको छु जता जता बाध्यताले डोर्याईरहेको छ । 

७. उनले सोधिन " तिमी मलाई अझै पनि माया गर्छौ ?" मैले मुसुक्क मुस्कुराउदै भने " माया त थाहा भएन तर साथिहरुले अझै पनि मलाई तिम्रै कसम खुवाउछन । " 

८. जिन्दगी पनि झरनाको पानी जस्तै भयो । बाहिरबाट हेर्दा सबैलाई आहा छ तर ढुङ्गामा ठोक्किएको पीडा आफैलाई मात्र थाहा छ । 

९. रित्तो भाडा बोकेर हिड्यो भन्दैमा माग्नै हिडेको नसम्झनु । सबै कुरा दिएर फर्किएको पनि हुन सक्छ । 

१०. जिन्दगीमा चोटैचोट र पिडैपिडाको भारी बोकेर हिडेको यात्री हु म । तिमी मलाई जिन्दगीको अर्थ सिकाएर लज्जित नबनाउ । 

११. दुख पर्दा दुख बिसाउन पो साथ खोजेको । जिन्दगी बिसाउन त आर्यघाट छदै छ नि । ह

१२. बिर्सियौ भन्ने कहिल्यै नसोच्नु । तिमिले पराई झै गरेको व्यवहार सहन नसकेर मौन मात्र बसेको हु । 

१३. यो संसार जतिसुकै रमाइलो किन नहोस । यदि तिमी बोल्न छोडिदियौ भने पुरै जिन्दगी सुनसान लाग्नेछ । 

१४. हरेक सम्बन्ध जिवनभर कै हुन्छ भन्ने छैन । कोहि मान्छे यस्तो सम्बन्ध गासेर जादोरैछन जो सङ्ग को छोटो समयमा पनि जीवन भर मीठो यादको आभास दिलाउदो रहेछ । 

१५. जब सानो थिए तब हरेक कुरा बिर्सन्थे अनि दुनिया भन्ने गर्थे याद राख्न सिक । अहिले ठूलो भए हरेक कुरा याद हुन्छ अनि त्यही दुनियाँ भन्ने गर्छ भुल्न सिक । 

१६. अक्सर स्वार्थको लागि प्रेम गर्नेहरु नै धेरै मीठो बोलेर छिटो साथ छोडिदिन्छन यहाँ । 

१७. जुन सम्बन्धमा आफ्नो महत्त्व कमि हुँदै गएको आभास हुन्छ तेस्तो सम्बन्धबाट मुस्कुराउदै टाढिएकै बेस हुन्छ ।